चितवनमा एकैदिन कोरोना संक्रमणबाट ९ को मृत्यु, ३१ डिस्चार्ज

एटुजेड समाचार

चितवन – चितवनमा आज (मंगलबार) एकैदिन कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । जिल्लाका सबै अस्पतालमा गरी ९ जनाको मृत्यु भएको हो ।

मृतक मध्ये ३ जना मात्र चितवनका हुन् । अन्य ६ जना भने बाहिरी जिल्लाका हुन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर सरकारी अस्पतालमा आज २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा धनुषा र कपिलबस्तुका एक-एक जना छन् ।

चितवन मेडिकल कलेजमा आज चितवन र भैरहवा एक-एक जना संक्रमितको मृत्यु भएको छ भने कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा ३ जनाको मृत्यु भएको छ । जसमा चितवन, नवलपुर र गोरखाका समान एक-एक जना छन् । यस्तै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चितवन र कास्कीका एक-एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

३१ डिस्चार्ज

चितवनमा कोरोना भाइरसको संक्रमणमुक्त भइ ३१ जना डिस्चार्ज भएका छन् । निको भइ घर फर्किनेहरुमा भरतपुर अस्पतालबाट ११, चितवन मेडिकल कलेजबाट १३ तथा पुरानो मेडिकल कलेजबाट ७ जना रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू