चितवन – बैशाख ३० गते सार्वजनिक भएको ‘मायाको पानामा’ बोलको गीतलाई युट्युबमा दर्शकहरुले रुचाएका छन् । युट्युबमा सार्वजनिक भएको पाँचौ दिनसम्म दर्शकहरुबाट गीतले राम्रो प्रतिकृया पाइरहेको छ ।
गीतलाई अहिलेसम्म १ लाख ३४ हजार भन्दा धेरै पटक हेरिएको छ । युट्युबमा अहिलेसम्म उक्त गीतले एक हजार ४०० भन्दा बढी लाइक पाएको छ भने जम्मा ५१ जनाले मात्र डिसलाइक गरेका छन् । एक सय ४० भन्दा बढीले कमेन्ट गरेका छन् । जसमा अधिकाशं सकारात्मक प्रतिकृया छन् ।
एलिना चौहान र निरायु गौतमले गाएको गीतमा गायक गौतमकै शब्द रचना छ । गीतमा संगीत र एरेञ्ज ओम सुनारको छ ।
भिडियोमा टेलिफिल्म ‘तितो सत्य’मा बाल कलाकारका रुपमा अभिनय गरेर चर्चामा आएका राज आचार्य र ‘भद्रगोल’ तथा ‘सक्किगोनी’मा ‘मुन्नी’को भूमिकामा अभिनय गर्ने प्रियना आचार्य र गायक निरायु गौतम फिचर्ड छन् ।भिडियोमा रुक्मिला अधिकारी(रुक्स), दिवाकर भण्डारी र सबिना आचार्य, सचितराज सेढाई, निशु आइडु, रिजन खरेलको पनि अभिनय छ ।
पर्वतको कुश्मा, बागलुङलगायतका सुन्दर स्थानमा छायांकन गरिएको गीतको भिडियोलाई गणेश गिरिले निर्देशन गरेका हुन्।भिडियोमा रामेश्वर हुमागाईंको छायांकन, विकास ज्ञवाली सम्पादन छ ।