लायन्स क्लब इन्टरनेशनलद्धारा भरतपुर अस्पताललाई हाइ फ्लो अक्सिजन मेसिन सहयोग

चितवन – लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि टु नेपाल एरिया ३ ले भरतपुर अस्पताललाई अक्सिजन मेसिन र सि प्याप मेसिन सहयोग गरेको छ । क्लबले आज (मंगलबार) २ थान हाई फ्लो अक्सिजन मेसिन र २ थान सि प्याप मेसिन अस्पताललाई सहयोग गरेको हो ।
उक्त मेसिन क्लबका डिष्ट्रिक गभर्मेन्ट रामप्रसाद भट्टले अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीलाई हस्तान्तरण गरे । भरतपुर महानगर प्रमुख रेणु दाहाल र प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको रोहबरलाई अस्पताललाई ति मेसिन हस्तान्तरण गरिएको हो ।
जिल्लामा अक्सिजनको अभाव देखिन थालेपछि एरिया ३ अन्तर्गतका एक सय भन्दा बढी लायन्स क्लबबाट आर्थिक संकलन गरी ति मेसिनहरु सहयोग गरिएको क्लबका डिष्ट्रिक गभर्मेन्ट भट्टले जानकारी दिए । चिकित्सकहरुसँगको सल्लाह अनुसार नै ति मेसिनहरु ल्याएर सहयोग गरिएको हो ।
उनका अनुसार हाई फ्लो अक्सिजन मेसिन एउटैको साँढे ४ लाख भन्दा बढी पर्छ भने सि प्याप एउटैको करीब १ लाख ६० हजार पर्छ । यस्तौ आज नै भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई दुई थान तथा मध्यबिन्दु अस्पताल नवलपुरलाई एक थान सि प्याप मेसिन सहयोग गरिएको छ ।
तपाइँको प्रतिक्रिया