कोरोना संक्रमणबाट सिरहामा एक चिकित्सकको मृत्यु

एटुजेड समाचार

जनकपुरधाम – कोरोना भाइरसको संक्रमणबाट सिरहामा एक चिकित्सकको मृत्यु भएको छ । लहान नगरपालिका वडा-६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवका अनुसार डा. चौधरी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए । सोही सेन्टरमा सेवा दिने क्रममा संक्रमित भएका उनलाई सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगिएको थियो ।

तर अस्पताल पुर्‍याइएको केही बेरमै उनको मृत्यु भएको यादवले बताए । ३५ वर्षीय डा. चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्‍चालन गर्दै आएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू