धुर्मुस सुन्तली फाउण्डेशनद्धारा क्यान्सर अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर सहयोग

चितवन – धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ ।
फाउण्डेशनले सोमबार अक्सिजनसहितको उक्त ५० थान सिलिन्डर अस्पताललाई सहयोग गरेको हो । उक्त ५० थान अक्सिजन सिलिन्डर फाउण्डेशनका अध्यक्ष एवं कलाकार सितारामा कट्टेल (धुर्मुस) ले अस्पतालका कार्यकारी निर्देशक देजकुमार गौतमलाई हस्तान्तरण गरे ।
अस्पतालमा सञ्चालित १४० बेडको कोभिड वार्डका लागि उक्त अक्सिजन सिलिन्डर सहयोग गरिएको फाउण्डेशनका अध्यक्ष कट्टेल जानकारी दिए । स्थानीय युवाहरुसँगको सहकार्यमा अस्पताललाई उक्त अक्सिजन सिलिन्डर सहयोग गरिएको हो ।
बिभिन्न सहयोगी व्यक्ति तथा संघ संस्थाबाट सिलिन्डर संकलन गरी अस्पताललाई हस्तान्तरण गरिएको उनले बताए । अक्सिजनको अभावमा बिरामीहरु छटपटाउन नपरोस् भनेर अक्सिजन सिलिन्डर सहयोग गरिएको उनको भनाइ छ । उनले बिषम परिस्थितीमा सबै एक जुट हुनुपर्ने भन्दै थप सहयोगका लागि अपिल पनि गरेक छन् ।
फाउण्डेशनले यस अघि पनि जिल्लाका अस्पतालहरुलाई स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको थियो । फाउण्डेशनले अहिले भरतपुर महानगरपालिका १६ रामपुरमा गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको छ । कोरोना र निषेधाज्ञा पनि एक सय भन्दा बढी कामदारहरु अहिले रंगशाला निर्माणमा खटिरहेका छन् ।
तपाइँको प्रतिक्रिया