काठमाडौं – नेकपा एमालेले बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई मत हाल्ने ह्वीप जारी गरेको छ ।
एमाले महासचिव ईश्वर पोखरेलले सूर्य चिन्हमा मतदान गर्न भन्दै पार्टीका तर्फबाट प्रदेश तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई ह्वीप जारी गरेका हुन्। बागमतीमा एमालेको तर्फबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल उम्मेदवार रहेका छन् ।

