कोरोना संक्रमणबाट पत्रकार बस्नेतका बाबु-छोराको मृत्यु

एटुजेड समाचार

दाङ – दाङमा कोरोना भाइरसको संक्रमणबाट बाबु-छोराको मृत्यु भएको छ। दाङको बबई गाउँपालिका वडा नं. ४ कञ्चनपुरका ३३ वर्षीय पत्रकार लक्ष्मण बस्नेत कोरोना भाइरसका कारण सोमबार दिउँसो १ बजेतिर भैरहवामा मृत्यु भएको छ।

रेडियो हापुरेका संस्थापक स्टेसन म्यानेजर तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य बस्नेतका बुवा ५५ वर्षीय टोपबहादुर बस्नेतको मृत्यु एक दिन अगाडि आइतबार बेलुकी ७ बजेतिर भैरहवामै भएको थियो।

उनीहरू बाबु-छोरा झन्डै १५ दिन अगाडि उपचारका लागि भैरहवास्थित युनिर्भसल मेडिकल कलेजमा भर्ना भएका थिए।अस्पताल प्रशासनका अनुसार बुवा टोपबहादुरको निधन भएकै दिन जेठ २ गते रिपोर्ट नेगेटिभ आएको थियो। छोरा लक्ष्मणको त्यो भन्दा केही दिन पहिले नै रिपोर्ट नेगेटिभ आएको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू