लुम्बिनी प्रदेश सभाका चार सांसद निष्कासनको निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं – सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका तर्फबाट लुम्बिनी प्रदेश सभामा सदस्य रहेका चार सांसदलाई निष्कासन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध पहिले अविश्वासको प्रस्ताव दर्ता गरी उनैको सरकारमा सहभागी हुन गएपछि जसपाले सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई सांसद नै नरहने गरी कारबाही गरेको थियो। उक्त कारबाहीपछि प्रदेश सभाका सभामुखले निष्कासन गर्ने निर्णय गरेका थिए।
चारै सांसदले उक्त निर्णय विरूद्ध दिएको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले उनीहरूलाई निष्कासन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको सर्वोच्च अदालतले जनाएको छ।
न्यायाधीश सुवेदीको इजलासले उनीहरूलाई पार्टीको केन्द्रीय समितिले स्पष्टीकरण पेश गर्ने मौका नदिइ निलम्बनसम्मको कारबाही गर्नु प्राकृतिक न्यायको सिद्धान्त विपरित हुने भन्दै निष्कासनको निर्णय तत्काल कार्यन्वयन नगर्न र नगराउन भनेको हो। दुवैपक्षको बहसका लागि मिति भने उक्त इजलासले तोकेको छैन।
तपाइँको प्रतिक्रिया