बलात्कारको अभियोग लागेका गाउँपालिका अध्यक्षलाई थुनामा पठाउने आदेश

एटुजेड समाचार

सुनसरी – एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ ।

जिल्ला अदालत सुनसरीले यादवमाथिको मुद्दामा पुर्पक्षका लागि आज थुनामा राख्ने आदेश दिएको स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए । यादव गत वैशाख ८ गते धरान–भेडेटारको एक लजबाट पक्राउ परेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू