तरुणदल चितवनद्धारा ३२० विपन्न परिवारलाई राहत सामाग्री सहयोग

एटुजेड समाचार

चितवन – नेपाली काँग्रेसको भातृसंगठन तरुणदलले चितवनको खैरहनी र राप्ती नगरपालिकाका विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाले त्यस्ता परिवारको दैनिक जीवनयापन गर्न कठिन भएको भन्दै वितरण गरिएको तरुण दलले जानकारी दिएको छ ।

विपन्न, न्यून आय, फरक क्षमताका भएका परिवारलाई लक्षित गर्दै राहत वितरण अभियान शुरु गरिएको तरुण दल क्षेत्र नम्बर १ का प्रज्ज्वल दवाडीले जानकारी दिए। ‘विपदमा तरुण’ भन्ने मुल नाराका साथ चैत्र २७ बाट शुरु गरिएको अभियान हाल खैरहनी र राप्ती नगरपालिकाका ३२० घरधुरीलाई राहत वितरण गरिसकिएको थापाले बताए।

No description available.

‘निशेधाज्ञाले अपांँग हातमुख जोर्न मुश्किल भएका परिवार हाम्रो पहिलो प्राथमिकतामा पर्छन । उनले भने, यस अभियानलाई थप निरन्तरता दिने सोचमै छौं । ’तरुणदलले नेबिसंघ , खैरहनी नगर समितिका अध्यक्ष अमृत आचार्यको समन्वय र सहकार्यमा टोली बनाई राहत सामाग्री वितरण गरेको हो । हाल परिवारको संख्या र अवस्था हेरेर चामल, केजी दाल , तेल, नुन मसला लगायत स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

खैरहनी र राप्ती नगरपालिका पछि रत्ननगरनगरपालिकामा राहत सामाग्र वितरण गर्ने तरुण दलको योजना छ । तरुणदलले हाल दुई नगरपालिकाका विभिन्न चोक, गल्ली तथा टोलहरुमा गएर सचेतना सहित मास्क सेनिटाइजर वितरण गरिरहेको दवाडीले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू