काठमाडौं – नेपालमा पछील्लो चौबिस घण्टामा ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पिसीआर बिधिबाट परीक्षण गर्दा २१ हजार ६५३ जना र एन्टिजेन बिधिबाट परीक्षण गर्दा ४३४ जना गरी ९ हजार २४७ जनामा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै पछील्लो चौबिस घण्टामा २१४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । त्यस्तै आज ५ हजार ७६७ जना संक्रमणमुक्त भएका छन्।