चितवन – चितवनको ईच्छाकामनामा खुर्पा प्रहार गरी पुरुषको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । ईच्छाकामनामा गाँउपालिका वडा नम्बर ५ का ६५ बर्षिय गोपी प्रजाको टाउकोमा खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाँउकी ४५ बर्षिया काईली भन्ने सर्किना चेपाङ पक्राउ परेकी हुन् ।
मृतक गोपी प्रजाले उक्त घटनास्थल नजिकको स्थानमा दिनको समयमा शारिरिक सम्बन्ध राख्ने प्रस्तावमाअस्विकार गर्दा गोपी प्रजाले जबर्जस्ती गरेको कारण प्रतिकार स्वरुप सर्किना चेपाङले आफनो साथमा रहेको खुर्पाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाई छाडेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सरोज गिरीले बताए ।


बैशाख ३१ गते साझ ८ : १५ बजेको समयमा चितवन ईच्छाकामना ५ तिननम्वर पुलबाट अन्दाजि ५० मिटर तल खोल्सामा प्रजाको टाउकोमा चोट लागेको अवस्थामा प्रहरिले फेला पारेको हो ।प्रहरिले सोही ठाँउबाट घटनामा प्रयोग गरिएको फलामको धारिलो घरेलु हतियार खुर्पा समेत फेला पारेको छ । खुर्पा प्रहार गरी हत्या गर्ने काईली भन्ने सर्किना चेपाङलाई पक्राउ गरी थप अनुसन्धानभईरहेको डिएसपी गिरीले बताए ।