चितवनमा नगद १ लाख ७८ हजारसहित ७ जुवाडे पक्राउ

चितवन – चितवनमा जुवातास खेल्ने नगदसहित ७ जना पक्राउ परेका छन् । प्रहरिले चितवनको खैरहनी नगरपालिका ८ नयाँटोल स्थित रोशन श्रेष्ठको घरमा जुवातास खेलिरहेका ७ जनालाई नगद १ लाख ७८ हजार २८५ रुपैँया सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवन खैरहनी नगरपालिका ८ स्थित दुर्गा भवानी टोल बस्ने ३३ बर्षिय रोशन श्रेष्ठ, खैरहनी नगरपालिका मगनीचोक बस्ने ३९ बर्षिय राजु थापा, सोही ठांउका ३१ बर्षिय कमल श्रेष्ठ, ५८ बर्षिय टोप बहादुर गुरुङ, खैरहनी नगरपालिका ८ पर्सा बस्ने ३५ बर्षिय भिम बहादुर श्रेष्ठ, ४७ बर्षिय निल पुन र खैरहनी नगरपालिका ८ नयाँरोड बस्ने ४४ बर्षिय प्रेम प्रसाद महतो रहेका छन् ।
उनिहरुको साथबाट नगदसहित ४ बुक तास समेत पक्राउ गरिएको हो ।घरमा हार जित हुने गरी जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सरोज गिरीले बताए । उनिहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको डिएसपी थापाले बताए ।
तपाइँको प्रतिक्रिया