चितवनसहित ७४ जिल्लामा निषेधाज्ञा जारी, संक्रमणदर घट्दो

एटुजेड समाचार

चितवन – कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि देशभरका ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। चितवनसहित ७४ जिल्लाले निषेधाज्ञा जारी गरेर कोरोना संक्रमणको चेन ब्रेकको प्रयास गरिरहेका छन् ।

संक्रमण दर उच्च तहमा पुगेर केही स्थिर देखिए पनि जोखिम भने बढ्दो क्रममा हुँदा प्रशासनले म्याद थप गर्दै निषेधाज्ञालाई जारी राखेका हुन्। पछिल्लो समय गाउँगाउँमा संक्रमण फैलिँदो क्रममा रहेको स्वास्थ्यविज्ञहरुको भनाइ छ।

गृह मन्त्रालयका अनुसार अब ४ जिल्लामा मात्रै निषेधाज्ञा जारी गर्न बाँकी छन् । अब निषेधाज्ञा जारी गर्न बाँकी जिल्लामा मनाङ, तेह्रथुम र खोटाङ छन् । पछिल्लो समय कतिपय जिल्लाले दुई हप्ताका लागि आदेश थप गरेर कार्यान्वयनमा लगेका छन् भने कतिपय जिल्लाले हप्ता÷दश दिन तोकेर थप गर्दै कोभिड–१९ संक्रमण चेन ब्रेक प्रयास गरिरहेका छन्।

पछिल्लो समय भने निषेधाज्ञाको असर विस्तारै देखिन थालेको छ जसका कारण संक्रमण दर क्रमशः घट्दो क्रममा रहेको र निको हुने दर वृद्धि भइरहेको छ। आइतबार मात्रै संक्रमण सात हजार ३६८ हुँदा हजार ६४८ निको हुनुलाई सकारात्मक रुपमा लिन सकिने स्वास्थ्यविज्ञले बताएका छन्। अझै निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल आवश्यकतानुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइसकेको र सोहीअनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू