भरतपुर अस्पतालको मेसुमा डा. रोशन न्यौपाने नियुक्त

एटुजेड समाचार

चितवन – भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. रोशन न्यौपाने नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको मेसुमा डा. न्यौपाने नियुक्त गरेको हो ।

उनी २ बर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत थिए भने यसभन्दा अघी म्याग्दी अस्पतालमा मेडिकल सुपरिटेण्डेन्टमा रही काम गर्दै आएका थिए । उनी अहिले एघारौँ तहमा बढुवा भई भरतपुर अस्पातलको मेसुमा नियुक्त भएका भरतपुर अस्पातलका प्रवक्ता डा. युवानिधी  बसौलाले एटुजेड समाचार डटकमलाई बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू