भरतपुरमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्‍यु

एटुजेड समाचार

चितवन – चितवनमा सवारी साधनको ठक्कर बाट एक जनाको मृत्‍यु भएको छ । हिजो राती ९ : ५५ बजेको समयमा भरतपुर महानगरपालिका ११ बिशाल चोक बाईपास रोडमा आँपटारी बाट बसपार्क तर्फ आउदै गरेको सवारिले ठक्कर दिदा एक जनाको मृत्‍यु भएको हो ।

सवारीको ठक्करबाट गम्भिर घाइते भएका नाम थर नखुलेको ४०-४५ बर्षको पुरुषको भरतपुर अस्पतालमा उपचारको क्रममा १० : ५ बजे रातीनै मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रातको समय भएको कारण कुन सवारीसाधनले ठक्कर दिएको भन्ने खुलेको छैन । ठक्कर दिने संकास्पद सवारीसाधनलाई खोजी कार्य गरीरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु