चितवन , नक्कली प्रेस कार्ड बनाएर हिड्ने एक युवकलाई चितवन प्रहरीले पक्राउ गरेको छ । चितवन प्रशासनद्वारा जारी निषेधाज्ञामा म मिडियाको रिपोर्टर हुँ भन्दै नक्कली प्रेस कार्ड देखाएर हिंडेका एक युवकलाई प्रहरिले पक्राउ गरेको हो । चेकजाँचका क्रममा भरतपुर ३ नारायणगढ पुल्चोकमा गैँडाकोट ५ का २२ वर्षीय बिजय लामिछानेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आमा डिजिटल फ्लेक्स प्रिन्टको कार्डमा प्रेस लेखेको देखेपछी शंका लागि थप सोधपुछ गर्दा कुनैपनी मिडियामा आवद्ध नभएको खुल्न आएको हो । नियन्त्रणमा लिइएका युवकबारे थप अनुसन्धान भैइरहेको प्रहरिले जनाएको छ ।