चितवन – चितवनमा गैंडाको आक्रमणबाट एक महिला घाईते भएकी छन् । आज दिउंसो ०१ः१५ बजेको समयमा भरतपुर महानगरपालिका १२ बस्ने २६ वर्षकी अष्मीता तामाङको घाइते भएकी हुन् ।
भरतपुर १२ स्थित राईनो तालमा निउरो टिप्न जाने क्रममा एक्कासी गैँडाले आक्रमण गर्दा घाईते भएकी तामाङको प्रहरी चौकी गोन्द्राङबाट खटिएको प्रहरीको टोलीले उद्दार गरी उपचारको लागि नँया मेडिकल कलेज ल्याईएको जिल्ला पहरी कार्यालय चितवनले जनाएको छ ।

