अब निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने

एटुजेड समाचार

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा १०० बेड क्षमता भएका निजी तथा सामुदायिक अस्पतालहरुले अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ ।

अक्सिजन अभाव देखाउदै थुप्रै निजी अस्पतालले नयाँ संक्रमित भर्ना नलिने घोषणा गरिरहेकै बेला मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कम्तीमा १०० बेड भएका निजी तथा सामुदायिक अस्पतालहरुले १५ भित्र अक्सिजन प्लान्ट स्थापना गर्नुपर्ने निर्णय भएको बताए ।

धेरै निजी अस्पतालमा अक्सिजन प्लान्ट छैन । सरकारले अस्पतालहरुको कोटा तोकेपछि कोटा अनुसारको अक्सिजनले नपुग्ने भन्दै अस्पतालहरुले नयाँ बिरामी भर्ना नलिने घोषणा गरिरहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू