स्वास्थ्य संकटकाल घोषणा गर्न एमाले चितवनको माग

एटुजेड समाचार

चितवन – कोरोना भाइरसको संक्रमण तिव्र गतिमा बढेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारसँग माग गरेको छ । आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै एमाले चितवनले यस्तो माग गरेको हो ।

संक्रमण तिव्र गतिमा बढ्दै जाँदा नियन्त्रण गर्न नसके स्थिती भयावह हुन सक्ने भन्दै एमाले चितवनले संकटकाल घोषणा गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेको गरेको हो । स्थानीय तहमा सोही बमोजिमको स्वास्थ्य क्षेत्रका लागि अतिरिक्त बजेटको व्यवस्था गर्न पनि विज्ञप्ति मार्फत सरकारसँग माग गरिएको छ ।

‘तिव्र संक्रामकको रुपमा देखिएको महामारी नियन्त्रण हुन नसके भयावह स्थिती आउँन सक्ने हुँदा देशमा स्वास्थ्य संकटकालको घोषणा गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न स्थानीय तहमा सोही बमोजिमको अतिरिक्त बजेटको व्यवस्था गर्न पार्टी सरकारसँग जोडदार माग गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

जिल्ला अध्यक्ष दिलकुमारी रावल (पार्वती) ले निषेधाज्ञा कडा बनाउन पनि स्थानीय प्रशासनसँग आग्रह गरेकी छिन् । कोरोनाको चेन ब्रेक गर्न सकिए मात्र संक्रमण नियन्त्रणमा आउने भन्दै उनले जारी निषेधाज्ञा कडा बनाउन आग्रह गरेकी हुन् ।

यस्तै अक्सिजनको सहज उपलब्धता, सरकारी अस्पतालको क्षमता वृद्धि गरी उपचारमा सहजता ल्याउन तथा निजी अस्पतालहरुलाई पनि संक्रमितको उपचारमा संवेदनशिल हुन विज्ञप्ति मार्फत आग्रह गरिएको छ । संकटको फाईदा उठाउदै बजारमा स्वास्थ्य सामाग्री तथा दैनिक उपभोग्य बस्तुको कालोबजारी बढेको भन्दै अनुगमन बढाउदै नियन्त्रणमा लिन पनि एमाले चितवनले प्रशासनको ध्यानाकर्षण गराएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु