चितवन – नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ । आज (मंगलबार) थप ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या एक लाख १ हजार ६३४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमित मध्ये ९४ हजार ३४३ होम आइसोलेसनमा रहेका छन् भने ७ हजार २९१ संस्थागत आइसोलेसनमा छन् । उनीहरु मध्ये १ हजार २४१ जना आइसियुमा तथा २८५ जना भेन्टिलेटरमा छन् ।
प्रदेश १ मा ८ हजार ६९ जना सक्रिय संक्रमित छन् । यस्तै प्रदेश २ मा ५ हजार ७९८, बागमती प्रदेशमा ५० हजार ५९१, गण्डकीमा एस् हजार ८४६, लुम्बिनीमा २१ हजार २१३, कर्णालीमा ३ हजार ३३७ र सुदुरपश्चिममा ५ हजार ७८० सक्रिय संक्रमित छन् ।
नेपालमा कुल संक्रमित ४ लाख २२ हजार ३४९ छन् । संक्रमण पुष्टि भएका मध्ये ४ हजार २५२ जनाको मृत्यु भएको छ ।