पर्वत – निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । पर्वतको जलजला गाउँपालिका २ माझफाँटमा आज (बुधबार) बिहेको भोज गर्ने दुई दुलहालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियार रहेका छन् । मंगलबार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले उनी हरुलाई पक्राउ गरेको हो ।



जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०÷४० गाउँले भेला भएको प्रहरीले जनाएको छ । प्रहरी पुगेपछि सहभागी भागाभाग भएका थिए । प्रहरीले सबै भागेपछि दुई बेहुलालाई समातेर आवश्यक कारवाहीपछि छाड्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए ।