चितवन – उद्योग वाणिज्य संघ, चितवनले चितवनको ईच्छाकामना गाउंँपालिकाकालाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ । आज उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले गाउंँपालिकाका स्वास्थ्य शाखा प्रमुख वासु सापकोटालाई पांँचवटा सिलिण्डर हस्तारण गरेका हुन् ।
चितवनको एकमात्र गाउंँपालिकालाई स्वास्थ्य सेवाको पहचुंँ पुर्याउन सिलिण्डर सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताए । ‘चितवनको अधिकांश ठाउंँमा स्वास्थ्यसेवाको पहुंँच छ, सुविधासम्पन्न अस्पताल को पहुंँच पनि छ , उनले भने, कोभिडका विरामीले पहाडी जिल्लामा अक्सिजनको अभाव खेप्न नपरोस भन्ने हाम्रो अपेक्षा हो ।’
हालको लागि एक लाख बराबरको सिलिण्डर सहयोग गरेपनि आवश्यक परे पुनः सहयोग गरिने श्रेष्ठले बताए । गाउंँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ्गले गाउँपालिकाको नागरिकको स्वास्थ्य सुरक्षा स्थानीय सरकारको दायित्व र कर्तव्य भएकोले कोरोना अस्पताल निर्माण गरी तयारी अवस्थामा रहन अक्सिजन सिलिण्डर आवश्यक परेको बताइन् ।‘
हामीसंँग ७ वटा सिलिण्डर थियो, अटो मेकानिकल संघ, चितवनले १० सहयोग गर्नुभयो। आज उवासंघ चितवनले सहयोग गरयो । उनले भनिन , हामी नीजि क्षेत्र र दातृनिकाय संँग सहकार्य गरेर कोरोना नियन्त्रणमा अघि बढ्न चाहन्छौं । यस्ता निकायहरुको सहयोगको सधै स्वागत गर्छौं । ’
इच्छाकामना गाउंँपालिकाका विरामीहरुको लागि भरतपुर, मलेखु तथा काठमाडौं लैजान ढिला हुने भन्दै गुरुङ्गले अक्सिजन अभावमा नागरिकले ज्यान गुमाउन नपरोस भन्ने हेतुले सिलिण्डर संकलन गरिएको बताइन् । गाउंँपालिकाले हाल कार्यालय परिषरमै १९ शैयाको अस्पताल निर्माण गरेको छ र आबश्यकता अनुसार सो अस्पतालमा ६० शैयासम्म पुरयाउने क्षमता रहेको उनले जानकारी दिइन ।रासस