रौतहट – कोरोना भाइरको संक्रमणबाट नेपाल प्रेस युनियन रौतहट शाखाका कोषाध्यक्ष रामादेवी यादवको मृत्यु भएको छ । जिल्ला अस्पताल गौरमा उपचारका क्रममा आज (मंगलबार) यादवको मृत्यु भएको हो ।
पछिल्लो एक सातादेखि बिरामी भएर गौरस्थित घरमै उपचाररत उनलाई आज अपरान्ह थप उपचारका लागि जिल्ला अस्पताल गौरमा लगिएको थियो । शरीरमा रगत चढाउने क्रममा उनको मृत्यु भएको हो । मृत्युपछि एन्टिजेन चेक गर्दा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पताल गौरले जनाएको छ ।


