चितवन – चितवनको भरतपुर महानगरपालिका २७ मा बँदेलको आक्रमणबाट एक जना घाइते भएका छन् । मेघौली सामुदायीक वनमा आज (सोमबार) साँझ ५ बजे बँदेलले आक्रमण गर्दा स्थानीय ५७ वर्षीय सोम बहादुर गुरुङ घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्थानीय मेडिकलबाट औषधि किनेर घर फर्किने क्रममा उनलाई बँदेलले आक्रमण गरेको हो । बँदेलको आक्रमणबाट घाइते भएका उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।