चितवन – चितवनमा थप २९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा जिल्लाभर २९ जना कोरोनामुक्त भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार यो सगै चितवनमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ९८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २७९ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ९ हजार ९ सय २५ पुगेको छ । त्यस्तै हालसम्म चितवनमा १२९ जनाको मृत्यु भएको छ ।