मार्गदर्शन सहकारीको एटिएम र क्युआर सेवा सुरु

एटुजेड समाचार

चितवन – भरतपुर महानगरपालिका १६ फुर्तिचोकस्थित मार्गदर्शन बचत तथा ऋण सहकारी संस्थाले एटिएम र क्युआर सेवा सुरु गरेको छ । आफ्ना सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै मार्गदर्शन सहकारीले एटिएम र क्युआर सेवा सुरु गरेको हो ।

स्मार्ट सदस्य स्मार्ट साकोस अभियान अन्तर्गत सदस्यहरुलाई आधुनिक तथा प्रविधि मैत्री बनाउन र यस कोरोना महामारीमा सहज सेवा सुविधाका लागि एटिएम र क्युआर सुरु गरिएको सहकारीका सिईओ दिपक गौतमले जानकारी दिए । प्रविधिको प्रयोगबाट गरिएको कारोवारहरू पारदर्शी, सहज, छिटो र छरितो समेत हुने भएकाले समेत यसमा जोड दिइएको उनको भनाइ छ ।

संस्थाले सदस्यहरुलाई आफ्नो रकम जम्मा गर्न र भुक्तानीका लागि पेपरलेस कारोवारका लागि ई टेलर सेवा समेत सञ्चालन ल्याएको छ । ई टेलरको प्रयोगले रकम जम्मा गर्नका लागि भौचर भर्न र भुक्तानीका लागि भुक्तानी पुर्जा (चेक) काटिरहन झन्झट नहुने उनले बताए ।

संस्थाले सबै डिजिटल प्रविधिहरु निशुल्क उपलब्ध गराइरहेको छ भने सदस्यहरुलाई कारोबार शुल्क समेत छुट गरेको छ । संस्थाका ५ हजार ७०० शेयर सदस्यहरुमा २ हजार ४०० सदस्यहरुले मोबाइल बैकिङ, एटिएम र क्यु आर फोन पे सेवा उपयोग गर्दै आइरहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु