अस्पतालमा अक्सिजनको व्यवस्थापन सीसीएमसीमार्फत गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

एटुजेड समाचार

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालहरुमा अक्सिजन वितरणको व्यवस्थापन कोभिड–१९ संकट सञ्चालन व्यवस्थापन केन्द्र (सीसीएमसी) मार्फत मिलाउन अनुरोध गरेको छ ।

स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले सोमबार एक सूचना जारी गर्दै आवश्यकतामा आधारित भएर सीसीएमसीमार्फत अस्पतालहरुमा अक्सिजन वितरणको व्यवस्था मिलाउन अनुरोध गरेका छन् ।

अस्पतालहरुलाई अक्सिजन वितरण गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा आधारित भएर अक्सिजन वितरण गर्न केन्द्रले सीसीएमसीलाई भनेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु