गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

एटुजेड समाचार

पोखरा – गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्धको अविश्वास प्रस्ताव औचित्यहीन भएपछि सोमबार अधिवेशन अन्त्य गरिएको हो ।

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा सोमबारको बैठकमा मतदान हुने कार्यसूची थियो । तर, सो अगावै मुख्यमन्त्री गुरुङले आइतबार राजीनामा दिएका थिए । संसद सचिवालयका अनुसार सोमबार १० बजे देखि विशेष अधिवेशन अन्त्य भएको हो । यसका लागि प्रदेश प्रमुखको कार्यालयबाट आइतबार नै प्रदेश सभासचिवालयमा पत्र पठाएको थियो ।

नेपाली काँग्रेस ,माओवादी केन्द्र र जनता समाजवादीका २८ जना सांसदले वैशाख २ गते मुख्यमन्त्री गुरुङविरुद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु