चितवन – चितवन उद्योग संघले, पत्रकार महासंघ, चितवनलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आज संघको कार्यालय परिषरमा संघका अध्यक्ष राजु पौडेलले महासंघका अध्यक्ष नारायण अधिकारीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । संघले पांँचहजार थान मास्क, सय थान फेस शिल्ड र सय वोटल सेनिटाईजर सहयोग गरेको थियो ।
सो क्रममा बोल्दै संघका अध्यक्ष पौडेलले महामारीको समयमा अग्रपंक्तिमा रहेर खटिने पत्रकारलाई जोखिम न्यूनिकरण गर्न सहयोग पुगोस भन्ने हेतुले स्वास्थ्य सामाग्री उपलब्ध गराईएको बताए । पत्रकार र उद्योग व्यवसायी एक अर्काका परिपुरक रहेको भन्दै पौडेलले आगामाी दिनमा पनि संघले सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।



महासंघका अध्यक्ष अधिकारीले उद्योग व्यवसाय विना सञ्चारमाध्यम चल्न नसकिने भन्दै श्रमजीविको रोजीरोटीको लागि पनि उद्योग व्यवसायको ठूलो योगदान रहेको बताए ।
बाग्मती प्रदेश, उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीले वागमती प्रदेशमा शिलान्यास, निर्माणका क्रममा रहेका शक्तिखोर औद्योगिक क्षेत्र, औद्योगिक ग्राम, औद्योगिक पार्क निर्माणमा कोभिडले असर परिरहेको बताए ।
संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कंडेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संघले महासंघलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको बताए । पत्रकारले उद्योग व्यवसायको समस्याका विषय राज्यसंँग पुरयाउने र उद्योग व्यवसायलाई प्रर्वद्धन गर्न सहयोग पुरयाएको भन्दै कंडेलले सञ्चार जगत विना उद्योग व्यवसाय अधुरो रहने बताए ।
सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्षलाई संघको विधान बमोजिम प्रेस सल्लाहकारमा नियुक्ति गरिने व्यवस्था अनुसार नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारीलाई चितवन उद्योग संघको प्रेस सल्लाहकारमा नियुक्त गरिएको पत्र समेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका सल्लाहकार तिलक रिमाल, उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, कोषाध्यक्ष राजेन्द्र आचार्य, पत्रकारहरु सूर्यप्रसाद अधिकारी, किशोर सापकोटा, रामु आचार्य, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट, लेखा अधिकृत सुरेन्द्र ठाकुर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गरेका हुन् ।