देशभर ७७ प्रतिशतले जिते कोरोना, मृतक एक प्रतिशत भन्दा कम

एटुजेड समाचार

चितवन – नेपालमा कोरोना भाइरस संक्रमित मध्ये ७७ दशमलव ४ प्रतिशत निको भएका छन् । अहिलेसम्म २ लाख ९८ हजार ७६५ जना कोरोना मुक्त भएका छन् । जुल कुन संक्रमितको ७७ दशमलव ४ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना कोरोनामुक्त भएसँगै निको हुने दर ७७ दशमलव ४ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर अहिले ८३ हजार ४९३ अर्थात २१ दशमलव ७ प्रतिशतमा मात्र कोरोना सक्रिय छ । यस्तै संक्रमित मध्ये ० दशमलव ९ प्रतिशतको मात्र मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टाको अपडेट

देशभर पछिल्लो २४ घण्टामा ८ हजार ४१८ जना नयाँ संक्रमित थपिएका छन् । देशभरक प्रयोगशालाहरुमा १८ हजार ३०४ जनाको स्वाब परीक्षण गरिएकोमा ८ हजार ४१८ जनामा कोरोना पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ । ८३ हजार ४९३ जनामा अझै कोरोना सक्रिय छ । संक्रमित मध्ये ३ हजार ६३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ५३ जना संक्रमितको मृत्यु भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु