सूर्यप्रसाद अधिकारी,
चितवन । दोस्रो लहरको कोरोना भाइरसको कारण जारी निशेधाज्ञाको प्रत्यक्ष असर दुग्ध किसानमा परेको छ । निशेधाज्ञा शुरु भएदेखिनै दूुधको बिक्री संँगै मुल्य पनि आधा घटाउनु परेको किसानको गुनासो छ । निशेधाज्ञा अघिपनि उधारोमा दुध बिक्री गर्दै आएका किसान निशेधाज्ञा लागु भएपछि दूध बिक्री नभएपछि चिन्तामा परेका हुन् । हाल कतिपय दुग्ध सहकारी तथा किसानहरुले झण्डै आधा मुल्यमा लगेर घर घरमा दूध बेच्नु पर्ने बाध्यता आईलागेको छ ।



भरतपुरका १६० वटा गाईपालन गर्दै आएका किसान गोपी ढकाल निशेधाज्ञा भएका कारण दूध नै बिक्री हुन नसकेको बताउंँछन । ‘मेरोमा दैनिक सांँढे ११सय दुध उत्पादन हुन्छ उनले भने , अहिले घरघरमा गाडीमा राखेर डुलाउंँदा पनि आधा फिर्ता हुन्छ ।’ खुद्रा मुल्यमा दुधको मुल्य प्रतिलिटर ९० रुपैयांँ सम्म भएपनि हाल घर-घरमा दुध पुरयाउंँदा ५० रुपैयांँमा बिक्री गर्नुपरेको उनको भनाई छ । औषत प्रतिलिटर किसानको लागत मुल्यनै ६० रुपैयांँ पर्दछ ।
जिल्लामा रहेका अधिकांश दूध डेरी,पसल पूर्णरुपमा नखुलेका र होटल , रेष्टुरेण्ट पनि बन्द भएका कारण दूधको खपत आधा भन्दा कम भएको हो । दुधको खपत नबढ्दा र उत्पादन भने उही अनुपातमा भएपछि किसानले नजिकका दुग्ध सहकारीमा लैजाने गरेपनि सहकारीले पनि दुध बिक्री गर्न सकेको छैन । जिल्लामा उत्पादन हुने दूध देशका मुख्य शहर काठमाडौं, पोखरा जाने गरेपनि हाल ती खरीदकर्ताले दूध लिन मानेका छैनन । भरतपुर महानगरपालिका वडा नम्बर १६ वरमपुर दुग्ध प्रशोधन केन्द्रका सञ्चालक डिलाराम कंडेल दूधको माग र खपत नहुंँदा किसानको दूध बिक्री हुन नसकेको बताउंँछन । ‘पहिले दैनिक स्रोहसय लिटरसम्म दुध खरीद,बिक्री हुन्थ्यो अहिले आधा घटाउनु परेको छ ।’ कंडेलले भने ।
जिल्लाको दुग्ध विकास संस्थानको दूध प्रशोधन केन्द्र तथा अन्य नीजि डेरी फर्महरुले पनि निशेधाज्ञापछि दूध लिने गरेका छैनन । जसका कारण किसानले दूध उत्पादन भएपनि बिक्री गर्न नसक्नुका साथै घरमै पनिर र ध्यू बनाउन प्रयोग गर्नु पर्ने बाध्यता छ । ती उत्पादन समेत बिक्री हुन्छ कि हुदैन निश्चित छैन ।



भरतपुर महानगरपालिका वडा नम्बर अधिकारी कृषि फर्मका किसान कुलानन्द अधिकारी उनको फर्ममाा दैनिक दुईसय लिटर दुध उत्पादन भएपनि दुग्ध विकास संस्थान र नीजि डेरी फर्मले दुध नलिंँदा दुध खेर जाने गरेको बताउंँछन । ‘हामीले चार महिनादेखिको भुक्तानी पनि पाएको छैन, उनले भने, अहिले उधारोमा लैजानुस भन्दा पनि लाँदैनन ।’ आफ्नो फर्ममा उत्पादित दुध नजिकका पसलहरुमा बिक्री गरेपनि बांँकी दुधको पनीर घिउ बनाएको छु ।’
किसानको दुध बिक्री नहुनु, बक्यौता नपाउनु र दानाको मुल्य अस्वभाविक रुपमा बढ्दा किसानहरु थप चिन्तामा समस्यामा परेका हुन् । दुधको उत्पादन र बिक्री एवं लामो समयसम्म भण्डारण गर्न नसक्दा किसानहरु थप मर्कामा परेका हुन् । किसानका समस्याका विषयमा राज्यनै उदासिन हुंँदा किसानले यस्तो समस्या भोग्नु परेको बताउांछन चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगाले । ‘निशेधाज्ञामा एकत दुध बिक्री भएको छैन , दानाको मुल्य एकसातामै बोरामा तीनसय रुपैयांँ बढेको छ । उनले भने, दुध उधारोमा पनि बिक्दैन, दाना उधारोमा पाईदैन ।’
देशको संक्रमणकालिन अवस्थामा राज्यले सहकार्य र समन्वय आफूहरुले फाइदा विनानै उपभोक्ताको घरघरमा दुध पुरयाउन सक्ने उनले बताए । ‘राज्यले ५ रुर्पैयांँ प्रतिलिटर अनुदान देओस हामी प्रतिलिटर ४० रुपैयांँमै उपभोक्ताको घरमै पुरयाउंँछौं ।’ वगालेले भने ।
एकातिर दुध विक्री भएको छैन भने अर्कातिर दानाको मुल्य बढ्र्दा लाखौं रुपैयांँ ऋणको व्याज तिर्न नसक्ने अवस्थामा किसान पुगेका छन । गतबर्ष देखिनै घाटा खांँदै आएका किसानहरु बैंकको व्याज नियमित गर्न नसक्दा दोस्रो लहरको निषेधाज्ञाका कारण थप थला परेका छन ।
व्यवसायिक दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले भने ,‘दूध बिक्री नहुंँदा र दानाको मुल्य बढ्दा किसान बाँच्ने कि चौपाया बचाउंँने ।हामी निकै चिन्तित र निराश छौं ।’ राज्यले किसान संँग समन्वय र सहकार्य गर्न नसक्दा हजारौं किसान विस्थापित हुने अवस्थामा पुगेको उनको भनाई छ ।
जिल्लामा हाल दैनिक ३ लाख दुध उत्पादन हुँदै आइरहेको छ ।यसको ४० प्रतिशत हाराहारीमै जिल्लामा खपत हुन्छ भने बांँकी दूध जिल्ला बाहिर जाने गरेको छ । यहांँ एकसय १० वटा दुग्ध सहकारी रहेका छन भने औषत ४० हजार किसानले दूध बेच्ने गर्दछन ।