चितवनमा ७ हजार भन्दा बढीले जिते कोरोना

एटुजेड समाचार

चितवन – चितवनमा ७ हजार भन्दा बढी कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार आज (शनिबार) दिउसोसम्म जिल्लाभर कोरोना निको हुनेको संख्या ७ हजार ४० पुगेको हो ।

कोरोनामुक्त हुने मध्ये अधिकांश भरतपुर महानगरपालिका भित्रका हुन् ।भरतपुरका मात्रै ५ हजार १३४ जना कोरोना मुक्त भएका छन् । त्यस्तै रत्ननगर नगरपालिकाका ७९१ जना, खैरहनी नगरपालिकाका ४१७ जना, राप्ती नगरपालिकाका ३१७ जना, कालिका नगरपालिकाका १९३ जना र माडी नगरपालिकाका १४९ जनाले कोरोना जितेका हुन्।

त्यस्तै चितवनको एकमात्रै गाउँपालिका इच्छाकामना गाउँपालिका ३९ जनाले कोरोना जितेका छन् ।

जिल्लामा हालसम्म जम्मा संक्रमितको संख्या ९ हजार ४८४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २ हजार ३०७ पुगेको छ । उनिहरु मध्ये २ हजार १४३ जना होम आइसोलेसनमा बसिरहेका छन् । अन्य १६४ जनाको भने जिल्लाका बिभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । जिल्लाभर हालसम्म १३७ जनाको मृत्‍यु भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु