चितवनमा भैंसी चराउन जाँदा बाघको आक्रमणबाट एक घाइते

एटुजेड समाचार

चितवन – चितवनमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । शुक्रबार दिउँसो २:३० बजे राप्ती नगरपालिका ६ प्यारीढापमा बाघले आक्रमण गर्दा स्थानीय ३३ वर्षीय उमेश राई घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भैंसी चराउन गएका राईलाई चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघले आक्रमण गरेको हो ।

घाइतेको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु