चितवन – चितवनको भरतपुर महानगरपालिका २२ पटिहानीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेको सोही स्थानका २९ वर्षीय प्रविण भण्डारी रहेका छन् ।
शुक्रबार साँझ ५ बजे जगतपुरबाट गीतानगरतर्फ आउँदै गरेको ना ५ ख ५६६६ नम्बरको ट्रकले पटिहानीमा विपरित दिशातर्फ जाँदै गरेको ना ४५ प २३२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको चितवनका प्रहरी प्रवक्ता डिएसपी सरोज गिरीले जानकारी दिए ।



डिएसपी गिरीका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भण्डारीको चितवन मेडिकल कलेज (सीएमसी) मा उपचारका क्रममा साँझ पौने ६ बजे मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।