कोरोना संक्रमणबाट चितवनका ६१ वर्षीय पुरुषको मृत्यु

एटुजेड समाचार

चितवन – चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । कालिका नगरपालिका ६१ वर्षीय पुरुषको आज (शुक्रबार) उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

कोरोना संक्रमित भइ २१ गते अस्पताल भर्ना भएका उनको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि आज नै कोभिड आइसियुमा राखि भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको थियो । तर उपचारकै क्रममा उनको बिहान ११:४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू