चिकित्सकको सिफारिसमा मात्र औषधि प्रयोग गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

एटुजेड समाचार

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीका क्रममा संक्रमितहरुले जथाभावी औषधि प्रयोग गर्न नहुने चेतावनी दिएको छ। मन्त्रालयले आज (बिहीबार) एक सूचना जारी गर्दै चिकित्सकको सिफारिस बमोजिममात्र औषधि प्रयोग गर्न आग्रह गरेको छ।

सामाजिक सञ्जाललगायतका प्लेटफर्ममा कोरोनाका जथाभावी औषधि र घरेलु उपायबारे भ्रम पारिएको भन्दै मन्त्रालयले त्यस्ता भ्रममा नपर्न सचेत गराएको छ। मन्त्रालयले विरामीलाई एक अस्पतालबाट अर्को अस्पतालमासमेत नलैजान आग्रह गरेको छ।

महामारीको समयमा सबैतर्फबट सहयोग हुनुपर्ने भन्दै मन्त्रालयले कोरोना महामारीविरुद्धको लडाइँमा सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न अपीलसमेत गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु