काठमाडौं – चीनले अनुदानमा दिएको २० हजार थान अक्सिजन सिलिण्डरमध्ये पहिलो खेपमा २ हजार सिलिण्डर नेपाल ल्याइने भएको छ । यसका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज पठाउनेबारे छलफल शुरु भएको छ ।
जहाज पठाउने सम्बन्धमा अर्थ मन्त्रालयले माग गरे अनुसार नेपाल एयरलाइन्सले ‘कोटेशन’ बुझाएको छ । जहाजको भाडाका सम्बन्धमा सहमति नभइसकेको र छलफल चलिरहेको नेपाल एयरलाइन्स स्रोतले जनाएको छ ।
स्रोतकाअनुसार अर्थ र निगमबीच सहमति भए ११ मे (२८ वैशाख)मा जहाज बेइजिङ जाने छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको कार्ययोजनाअनुसार २९ वैशाखसम्म चीनबाट अक्सिजन सिलिण्डर नेपाल ल्याइसक्ने योजना रहेको छ । जहाजले बेइजिङबाट सिलिण्डर ल्याउने छ । यो क्षमतामा सिलिण्डर बोक्न सक्ने जहाज नेपालमा नेपाल एयरलाइन्ससँग मात्र रहेको छ ।