अब स्थानीय तहले आफ्नो गाउँटोल दैनिक निःसंक्रमण गर्नुपर्ने

एटुजेड समाचार

काठमाडौं – सरकारले स्थानीय तहले गाउँटोल निःसंक्रमण गर्नुपर्ने गरी कार्ययोजना निर्माण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको कोभिड नियन्त्रण सम्बन्धी कार्ययोजना अनुसार हरेक स्थानीय तहले आ–आफ्नो गाउँटोल निःसंक्रमण गर्नुपर्ने उल्लेख गरेको छ ।

कार्ययोजना अनुसार २३ वैशाखदेखि नै स्थानीय तहले दैनिक आफ्नो गाउँटोल निःसंक्रमण गर्ने व्यवस्था मिलाउनु पर्नेछ । यसको समन्वयको जिम्मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिइएको छ ।

कोरोना संक्रमणको महामारी समुदाय स्तरमा फैलिइसकेकाले यसको रोकथामका लागि सरकारले दैनिक निःसंक्रमण सहितको कार्ययोजना सार्वजनिक गरेको हो । तर केन्द्रले निःसंक्रमण कसरी गर्नेभन्ने विषयमा भने कुनै उल्लेख गरेको छैन ।

गाउँपालिका महासंघका अध्यक्ष होम नारायण श्रेष्ठले केन्द्रले जारी गरेको कार्ययोजना हेरेपछि मात्रै केन्द्रले भनेअनुसार अघि बढ्ने र त्यतिबेलासम्म हरेक स्थानीय तहले आफ्नै ढंगले कोरोना रोकथामको प्रयास जारी राख्ने जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु