चितवन – चितवनमा थप ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा बुधवार गरिएको परीक्षणमा ८८ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका मध्ये ७१ जना चितवनका हुन् । बाँकी १७ जना अन्य जिल्लाका हुन् । प्रयोगशालाका अनुसार भरतपुर महानगरपालिकामा मात्रै ५८ जना नयाँ संक्रमित थपिएका छन् । जसमा २ देखि ७० वर्ष उमेर समूहका २८ पुरुष तथा ७ देखि ६७ वर्ष उमेर समूहका ३० महिला छन् ।


चितवनकै राप्ती नगरपालिकाका ५ पुरुष र २ महिला , खैरहनीका १ पुरुष र १ महिला, कालिकाका ३ पुरुष तथा राप्तीकी एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जानकारी दिएको छ ।
यस्तै सोही प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरका ९, गोरखा र तनहुँका समान २-२ तथा पर्वत, लम्जुङ, पर्सा र रुपन्देहीका समान १-१ जनमा कोरोना देखिएको छ ।