कोरोनाको उपचारमा बढी शुल्क लिने अस्पताललाई कारबाही गरिने

एटुजेड समाचार

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या अस्पतालले कोरोनाको उपचारको नाममा बढी शुल्क लिने अस्पताललाई कडा भन्दा कडा कारबाही गरिने बताएको छ ।

केही अस्पतालले चर्को शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले एक विज्ञप्ति मार्फत सङ्कटको बेलामा सहयोगी भावनाले काम गर्नुपर्नेमा दुःख दिने, समस्या बढाउने र बढी शुल्क लिनेहरूलाई कारबाहीको चेतावनी दिएको हो ।

बढी शुल्क लिएको पाइएमा स्वास्थ्य मन्त्रालयमा खबर गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु