चितवनसहित ४५ जिल्लामा निषेधाज्ञा, कुन कुन हुन् ति जिल्ला ?

एटुजेड समाचार

चितवन – नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमण बढेसँगै देशका बिभिन्न जिल्लामा निषेधाज्ञा लागु गरिएको छ। संक्रमित बढेसँगै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा र आंशिक निषेधाज्ञा जारी गरिरहेका छन्।

कोरोना संक्रमण फैलिदै गए जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसिसिएमसी) को सिफारिसमा जिल्ला प्रशासन कार्यालयले नै निषेधाज्ञा लगाउन सक्छन्। आज (बुधबार) बिहानसम्म ४५ भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ ।

अहिले चितवनसहित महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, रुपन्देही, बाग्लुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङजा, कपिलवस्तु, रामेछाप, ताप्लेजुङ, वैतडी, नुवाकोट, धनुषामा निषेधाज्ञा लगाइएको छ।

निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेक सवारी साधन चल्न तथा अव्यावश्यक बाहेकका सेवा प्रवाहका निषेध गरिएको छ । सरकारले शहरी क्षेत्रमा पाँच सय तथा पहाडी भेगमा दुई सय सक्रिय संक्रमित पुगे निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई नै दिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू