कतार जेलमा सजाय भोगिरहेका १४ नेपालीलाई आममाफी

एटुजेड समाचार

काठमाडौं – कतार सरकारले विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपालीलाई आम माफी दिएको छ ।

कतारस्थित नेपाली दूतावासका अनुसार कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरुमा विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपाली कैदी बन्दीहरुलाई आममाफी दिइएको हो । आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायहरुसँग राजदूतावासले आवश्यक समन्वय तथा सहजीकरण गर्ने जनाएको छ ।

यसअघि विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणलाई समेत मध्यनजर गरी नेपाली कैदी बन्दीहरुको रिहाईका लागि राजदूतावासको तर्फबाट कतार सरकारसमक्ष अनुरोध गरिएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु