चितवनमा खैरो हिरोईनसहित एक पुरुष पक्राउ

एटुजेड समाचार

चितवन – चितवनमा लाउ औषध खैरो हिरोईनसहित एक पुरुष पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय खैरहनीले राप्ती नगरपालिका ८ विरेन्द्रनगरका ३२ वर्षीय सुजन तामाङलाई खैरो हिरोईनसहित पक्राउ गरेको हो ।

खैरहनी नगरपालिका १० शान्तिबजारमा खैरो हिरोईनको कारोवार भईरहेको भन्ने खबर प्राप्त हुन साथ पुगेको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । साँझ ६:३० बजे पैदल हिडिरहेको पुरुषलाई शंका लागी चेकजाँच गर्न खोज्दा भागेपछि पिछा गरेर उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका तामाङको साथबाट स-साना प्लाष्टिकमा पोका पारेको १५ पोका र ठुला दुई प्लाष्टिकमा पोका पारेको ६ ग्राम २४० मिलिग्राम खैरो हिरोईन बरामत भएको छ । यस्तै उनको साथबाट ३२ हजार रुपैयाँ पनि बरामत भएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भईरहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु