चितवन – चितवनको भरतपुर महानगरपालिका १ मा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । भरतपुर १ ठिमुरा १ स्थित त्रिशुली नदीमा डुबेर सिन्धुलीको गोलन्जोर गाउँपालिका ४ घर भइ रामनगरको पुजा होटलमा काम गर्ने १७ वर्षीय सन्तोष कुमार सुनारीको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार (शुक्रबार) दिउँसो त्रिशुली नदीमा पौडी खेल्ने क्रममा डुबेर उनी बेपत्ता भएका हुन् । उनको खोजी गर्दै जाने क्रममा आज १२:१० बजेको समयमा बेपत्ता भएको ठाउ देखी ६०० मिटर तल शव फेला परेको हो ।उनको शव पुजा होटलको साहु र सँगै गएका साथीहरुको रहोबरमा सनाखत गरी पोष्ट मार्टमको लागी जिल्ला अस्पताल भरतपुरमा पठाइएको प्रहरिले जनाएको छ ।


