नेपाल पक्षको देशभरि संगठन निर्माण र पार्टी सुदृढीकरण अभियान चलाउने

एटुजेड समाचार

काठमाडौं – माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले आगामी दुई महिना देशभरि संगठन निर्माण र पार्टी सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ। आज (शनिबार) बसेको स्थायी कमिटी बैठकले नेकपा एमालेको एकता र कम्युनिष्ट आन्दोलन बचाउने मूल उद्देश्य साथ संगठन निर्माण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको हो ।

एमाले नेता योगेश भट्टराईले २०७५ जेठ २ गते कायम भएका पार्टी कमिटीहरूको पुनर्गठन, पुन:सञ्चालन, बैठक, भेला र प्रशिक्षण कार्यक्रम सञ्चालन जानकारी दिए। यसका निम्ति केन्द्रीय सदस्य तथा प्रतिनिधिको रुपमा कार्यविभाजन गरेर दुई महिना नेताहरूलाई जिल्लामा खटाउने निर्णय भएको छ।

यो बीचमा पार्टी एकता रक्षाका लागि देशभरि प्रचार, गोष्ठी र अन्तरक्रिया गरिने भट्टराईले जानकारी दिए। माधव समूहले वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा कम्युनिष्ट आन्दोलनको एकतालाई ध्यान दिँदै काठमाडौंमा भव्य कार्यक्रम गर्ने छ।

१३ गते मनमोहन अधिकारी स्मृति दिवसलाई एकताकै सन्दर्भका रुपमा मनाउने र विराटनगरमा केन्द्रीयस्तरको कार्यक्रम गर्ने भएको छ। जेठ ३ गते मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसमा चितवनमा राष्ट्रियस्तरको कार्यक्रम गर्ने निर्णय भएको भट्टराईले जानकारी दिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु