पत्रकार महासंघको निर्वाचन: चितवनमा युनियन, संगठन र चौतारी नेपाल समूहको सहकार्य
चितवन – चैत २५ गते हुने नेपाल पत्रकार महासंघ, चितवनको निर्वाचनमा नेपाल प्रेस युनियन, प्रेस संगठन र प्रेस चौतारी नेपाल (नेपाल समूह) बीच संयुक्त प्यानल बनाएर होमिने सहमती भएको छ ।
आज (बिहीबार) भरतपुरमा युनियन, संगठन र चौतारी (नेपाल समूह)बीच सहकार्य गर्ने निर्णय भएको हो । केन्द्रीय निती तथा निर्देशन अनुसार चितवनमा नेपाल प्रेस युनियनको नेतृत्वमा संयुक्त प्यानल बनाएर निर्वाचनमा भाग लिन लागिएको हो ।
तिन वटै संगठनले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा निरन्तर प्रेस स्वतन्त्रता र पत्रकारका हकहितका पक्षमा लागि रहेका उम्मेद्वारहरुलाई जिताउन आह्वान समेत गरिएको छ । विज्ञप्तिमा युनियनका तर्फबाट अध्यक्ष अनिल ढकाल, प्रेस संगठनको तर्फबाट अध्यक्ष प्रकाशमणि ज्ञवाली र प्रेस चौतारी नेपाल (नेपाल समूह)को तर्फबाट संयोजक टिकादत्त तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।
तपाइँको प्रतिक्रिया