महोत्तरीबाट सम्पर्कविहीन सात बालिका/किशोरी भारतमा भेटिए
जनकपुरधाम – महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका सात बालिका/किशोरी भारतमा फेला परेका छन्। भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई बिहारको सितामढीबाट उद्धार गरिएको हो ।
मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका/किशोरी अपहरणमा परेको अनुमान थियो। प्रदेश नम्बर २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहका अनुसार सबै बालिका/किशोरी सकुशल छन्। उनीहरूलाई किन भारत लगियो भन्ने अनुसन्धानकै क्रममा रहेको उनले बताए। प्रहरी र अभिभावकहरू अहिले भारत गइरहेको उनले बताए।
धर्मपुरका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान घाँस काट्न मंगलबार घरबाट निस्केका थिए।
तपाइँको प्रतिक्रिया