बन्धुराज न्यौपाने स्मृति ग्रन्थ विमोचन
चितवन – सामाजिक एवं राजनीतिक व्यक्तित्व रामहरी न्यौपानेका पिताको सम्झनामा लिखित बन्धुराज न्यौपाने स्मृति ग्रन्थको विमोचन गरिएको छ। न्यौपाने कल्याण समाजले भरतपुरमा एक कार्यक्रमको आयोजना गरि पुस्तक विमोचन गरिएको हो ।
कार्यक्रममा बौल्दै समाजका अध्यक्ष समेत रहनुभएका रामहरी न्यौपानले माता पिताले यस भौतिक संसारबाट विलिन भएपछि अप्ठ्यारो अवस्थामा एक्लो महसुस हुने गरेको बताउनुभयो । “जब जब अफ्ट्याराहरुमा पर्छु, एक्लो हुन्छु उहाँले भन्नुभयो आमा बुबा साथै हुनुहुन्छ जस्तो लाग्छ।”
जीवन भ्रम र मृत्यु सत्य रहेछ सम्झना भने कहिल्यै नमर्ने गरि छातीमा गडेर बस्दो रहेछ । बुवा आमाले छाडेर गएपनि उहाँले देखाउनुभएको बाटो र असल संस्कारलाई सधैभरी शिरोपर गरेर अगाडी बढ्ने समेत उहाँले बताउनुभयो । बाबा आमाले सपनामा आएर सधै सत्मार्गमा लाग्ने प्रेरणा दिइरहनुभएको छ । देशभरी छरिएर रहेका न्यौपाने कल्याण समाजका भिन्न भिन्न समाजहरुलाई एकताबद्ध गर्ने बुवाको सपना थियो, उहाँले भन्नुभयो बुवाको सपना पुरा गरेरै छाड्छु उक्त कामको थालनी भइसकेको छ ।
कार्यक्रममा रास्टिय बम्शावली ब्यबस्थापन समिती का संयोजक बामनप्रसाद न्यौपाने,सह संयोजक खगुपति न्यौपाने , सस्थाका अध्यक्षहरु,न्यौपाने बन्धु समाज नेपालका अध्यक्ष बलराम न्यौपाने र न्यौपाने बंश समाजका अध्यक्ष मेघनाथ न्यौपानेको समिति साथै भिमबहादुर न्यौपानेको सहभागिता रहेको थियो ।
कार्यक्रमका अतिथिहरुले स्वर्गीय बन्धुराज न्योपानेले समाजमा पुर्याउनुभएको योगदानको उच्च मुल्याकंन गर्दै सम्मान प्रकट गरेका थिए । छोरा रामहरीले बाबुआमाको निधनपश्चात स्मृति ग्रन्थ निकालेर बाबुको इतिहासलाई जीवित राख्न सफल भएकोमा सबैले बधाई समेत दिएका थिए ।
तपाइँको प्रतिक्रिया