होली पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : पर्यटनमन्त्री ढकाल
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले फागु पूर्णिमा पर्वले आपसी सद्भाव र आत्मियतामा थप वृद्धि गर्न सहयोग पुर्याउने बताएका छन् । फागु पूर्णिमाका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उनले यस्ता पर्वले आपसी सद्भाव र भाइचारा अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई समेत सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
मन्त्री ढकालले शुभकामना सन्देशमा कोभिड– १९ सङ्क्रमणको जोखिम कायमै रहेको अहिलेको अवस्थामा राज्यका व्यवस्थाभित्र रहेर स्वास्थ्य मापदण्डलाई अपनाएर मात्र फागु पर्व मनाउन पनि अनुरोध गरेका छन् । उनले सत्यको विजयको प्रतीकका रुपमा यो पर्व मनाइने गरेको उल्लेख गरे ।पर्यटनमन्त्री ढकालले सन्देशमा भनेका छन्, ‘नेपालमा आज पहाडी क्षेत्रमा र भोलि तराई क्षेत्रमा विशेष उल्लास पूर्वक रङ्गको प्रयोग गरेर मनाइँदै गरेको २०७७ सालको फागु पर्व (होली) का अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।’रासस
तपाइँको प्रतिक्रिया